Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ सुरेन्द्र भण्डारी पक्राउ

ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ सुरेन्द्र भण्डारी पक्राउ

  • शनिवार, आषाढ १५ २०८१

  • 446
    SHARES

  • ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ सुरेन्द्र भण्डारी पक्राउ

    काठमाडौं । बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

    उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

    यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।


    शनिवार, आषाढ १५ २०८१०२:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij