Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

गुल्मी र स्याङजामा पहिरोमा परी सात जनाको मृत्यु

गुल्मी र स्याङजामा पहिरोमा परी सात जनाको मृत्यु

  • शनिवार, आषाढ १५ २०८१

  • 435
    SHARES

  • गुल्मी र स्याङजामा पहिरोमा परी सात जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । गएरातिको अविरल बर्षाको कारण आएको पहिरोमा परेर मालिका गाउँपालिका ५ अर्जै ठाँटीपोखरीका भेष बहादुर कामीको घर पुरिएको हो ।

    पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो । पहिरोका कारण रातिबाट बेपत्ता भएका पाँच जनाको खोजीकार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।

    उता, स्याङ्जामा पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ ।

    फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उहाँकी तीन बर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताउनुभयो ।


    शनिवार, आषाढ १५ २०८११०:३४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij