Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

बागलुङको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

बागलुङको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

  • शनिवार, आषाढ १५ २०८१

  • 368
    SHARES

  • बागलुङको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए


    काठमाडौं । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

    बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

    यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।


    शनिवार, आषाढ १५ २०८१०८:२८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij