Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै

  • शनिवार, आषाढ १५ २०८१

  • 841
    SHARES

  • आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौं । आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले धान दिवस धुमधामसँग धान दिवस मनाउने तयारी गरिरहँदा अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ।

    कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ।

    यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान विभागले गरेको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।

    सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ।

    धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनमा धान दिवस मनाउन लागिएको हो। चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री साहले जानकारी दिनुभयो ।

     


    शनिवार, आषाढ १५ २०८१०७:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij