Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

एसइईको नतिजा आज सार्वजनिक हुँदै

एसइईको नतिजा आज सार्वजनिक हुँदै

  • बिहिवार, आषाढ १३ २०८१

  • 625
    SHARES

  • एसइईको नतिजा आज सार्वजनिक हुँदै


    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै छ ।

    हिजो बिहानै नतिजा प्रकाशन गर्ने तयारीका बारेमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो । तर हिजो आन्तरिक तयारी नसकिएको भन्दै आज नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ ।

    २०८० साल चैत्र १५ देखि चैत २७ सम्म भएको एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ।

    विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २७ अंक ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ। त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ। एनजी ग्रेड आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।


    बिहिवार, आषाढ १३ २०८१०७:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij