Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बरिष्ठ उद्योगी तथा काँग्रेसका सांसद केसीको निधन, आजै अन्त्येष्टि गरिने

बरिष्ठ उद्योगी तथा काँग्रेसका सांसद केसीको निधन, आजै अन्त्येष्टि गरिने

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.1K
    SHARES

  • बरिष्ठ उद्योगी तथा काँग्रेसका सांसद केसीको निधन, आजै अन्त्येष्टि गरिने

    काठमाडौं । बरिष्ठ उद्योगी तथा नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको ६३ बर्षको उमेरमा निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको परिवारजनले जनाएका छन् ।

    प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो । उहाँको आज बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।

    उहाँ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । ६५ वर्षीय केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । उहाँको अचानक रक्तचाप कम भएपछि निधन भएको जनाइएको छ ।

    मिर्गौला रोगको नियमित परिक्षणका लागि भारतको नयाँ दिल्ली जाने तरखरमा रहेकै बेलामा उहाँको निधन भएको हो ।

    उहाँ पोखरा उपमहानगरपालिकाको तत्कालिन प्रधानपञ्च हुनु भएको थियो । राप्रपाबाट लामो समय राजनीति गरेका नेता केसी गत निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।

    उहाँ अहिले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक कोटाबाट सांसद बन्नु भएको हो ।

     


    मंगलवार, कार्तिक १८ २०७७०८:१५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij