Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

  • बुधवार, आषाढ १२ २०८१

  • 437
    SHARES

  • लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

    काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन्।

    गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन्। पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिनुभयो ।

    अहिले बेपत्ताहरुको खोजि भईरहेको छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ। घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

    त्यसैगरी गएरातिकै पहिरोका कारण बेसीशहर नगरपालिका–११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ।

    पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ।


    बुधवार, आषाढ १२ २०८१०७:५६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij