Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

एसईईको नतिजा कहिले ? यस्तो छ तयारी...

एसईईको नतिजा कहिले ? यस्तो छ तयारी...

  • मंगलवार, आषाढ ११ २०८१

  • 1.2K
    SHARES

  • एसईईको नतिजा कहिले ? यस्तो छ तयारी...

    काठमाडौं। यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेकोले बिहिबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

    कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताउनुभयो।

    उहाँले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको र ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण पछी कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिनुभयो। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयो।

    यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने छ। गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।


    मंगलवार, आषाढ ११ २०८१०२:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij