Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

  • मंगलवार, आषाढ ११ २०८१

  • 873
    SHARES

  • मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

    काठमाडौं । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।

    सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।

    बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।

    दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

    ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको छ ।


    मंगलवार, आषाढ ११ २०८१०१:५५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij