Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

  • सोमवार, आषाढ १० २०८१

  • 780
    SHARES

  • गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

    काठमाडौं । गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

    संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको हो ।

    असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौथो समिटमा भाग लिन अर्यालका साथै नेपाल प्रहरीका आईजी वसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एक एसएसपी गरी पाँच जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।

    गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीलगायत अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।


    सोमवार, आषाढ १० २०८१०२:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij