Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तीन प्रदेशमा भारी वर्षा, कुन प्रदेशमा कस्तो रहला ?

आजको मौसम : तीन प्रदेशमा भारी वर्षा, कुन प्रदेशमा कस्तो रहला ?

  • सोमवार, आषाढ १० २०८१

  • 3.0K
    SHARES

  • आजको मौसम : तीन प्रदेशमा भारी वर्षा, कुन प्रदेशमा कस्तो रहला ?

    काठमाडौं। नेपालमा हाल मनसुनी प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार बिहान कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै विभागले साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ। त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।

     


    सोमवार, आषाढ १० २०८१०६:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij