Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिव सम्हाल्दै

मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिव सम्हाल्दै

  • आइतवार, आषाढ ९ २०८१

  • 1.5K
    SHARES

  • मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिव सम्हाल्दै

    काठमाडौं । मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । उनी निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिव सम्हाल्दै हुनुहुन्छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव हुनुहुन्छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अरबौँ रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले उनी सहितका कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित भएका छन् । कायम मुकायम मुख्य सचिव नियुक्तका लागि भने हाल रहेका सचिव मध्येबाट वरिष्ठ सचिवलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।


    आइतवार, आषाढ ९ २०८१०५:१७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij