रोल्पा । परिवर्तन गाउँपालिकाले पत्रकार सुर्य प्रकाश बुढा मगरलाई सम्मान गरेको छ ।
परिवर्तन गाउँपालिकाको ३६ औं गाउँकार्यपालिकाको निर्णय र आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत कार्यक्रम अनुसार पत्रकार बुढा मगरलाई आर्थिक वर्ष २०८१-०८२ को नीति कार्यक्रम तथा बजेट अधिवेशन र १७ औं गाउँसभाको अवसरमा प्रमुख अतिथी पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगर र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरको हातबाट नगद १५ हजार सहित सम्मानपत्र र खाँदासहित सम्मानित हुनु भएको हो ।
गत आर्थिक बर्ष २०७९-०८० को नीति कार्यक्रम तथा बजेट कार्यक्रमबाट परिवर्तन गाउँपालिकाको हरेक गतिविधिलाई सञ्चार माध्यममा प्रशारण तथा प्रकाशन गर्ने एक जना पत्रकारलाई सम्मान गर्दै आएको र यो बर्ष पनि बुढा मगर सम्मानित हुनु भएको छ । पत्रकार बुढा मगरलाई लगातार दोस्रो पटक सम्मानित गरिएको हो । बुढा मगरको सम्मान पत्रमा भनिएको छ, यस परिवर्तन गाउँपालिकाको कार्यालय रोल्पाको विभिन्न सञ्चार माध्यममा सूचना तथा समाचार प्रकाशन र प्रसारण गरी गाउँपालिकाको समग्र विषयवस्तु तथा गतिविधिहरुको बारेमा आम नागरिकलाई पत्रकारिताको माध्यमबाट सुसूचित गर्नको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरी नागरिकले पाउनुपर्ने सूचनाको हकलाई थप सुनिश्चित गर्न कलम चलाउनु भएकोमा यहाँको पत्रकारिता कर्मको उच्च मुल्यांकन गर्दै नगद सहित यो सम्मान पत्र प्रदान गर्दछौं।साथै तपाईंको निरन्तर साथ,सहयोगको अपेक्षा सहित यहाँको पत्रकारिता यात्रा अझ सशक्त,क्रियाशील साथै खोजमुलक बनोस् शुभकामना । भनी उल्लेख गरिएको छ ।
पत्रकार बुढा मगर २०७४ जेठ १४ गतेदेखि सामुदायिक रेडियो मालश्रीमा संवाददाताको रूपमा आवद्ध हुँदै अहिले पत्रकारको रूपमा काम गर्दै आउनु भएको छ। पत्रकारितामा आवद्ध भएको बुढा मगरको करिब ६ बर्ष पुरा भएको छ । बुढा मगर संघीयता पुनःसंरचना निमार्ण भएसँगै जिल्ला स्तरीय प्रदेश स्तरीय र राष्ट्रिय सञ्चार माध्यममा आवद्ध हुँदै रोल्पा जिल्लाबाट निरन्तर पत्रकारिता गर्दै आउनु भएको छ । बुढा मगरले राजनीतिक , खेलकुद , स्वास्थ्य ,शिक्षा , पर्यटन , कृषि कला संस्कृति ,साहित्य र खोजमुलक समाचारहरुमा कलम चलाउदै आउनु भएको छ ।