Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जलविद्युत पत्रकार समाज गठन, माछापुच्छ्रे घोषणापत्र जारी

जलविद्युत पत्रकार समाज गठन, माछापुच्छ्रे घोषणापत्र जारी

  • सोमवार, कार्तिक १७ २०७७

  • 1.1K
    SHARES

  • जलविद्युत पत्रकार समाज गठन, माछापुच्छ्रे घोषणापत्र जारी

    काठमाडौं । जलविद्युत क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको राष्ट्रिय भेलाले कास्कीका भरत कोइरालाको अध्यक्षतामा जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको देशभरका पत्रकारहरुको भेलाले कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्ष दीपक ज्ञवाली (रुपन्देही), महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईँ (कास्की) चयन भएका छन् ।

    त्यस्तै, सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतीक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) चयन भएका छन् ।

    एक उपाध्यक्षसहित दुई जना सदस्य भने पछि मनोनयन गरिने महासचिव निरौलाले बताउनुभयो । उपाध्यक्ष पदमा काठमाडौंमा पत्रकारिता गर्दै आएको व्यक्तिलाई मनानयन गरिने उहाँले जानकारी दिनुभयो ।
    भेलाले सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी चयन भएका छन् ।

    नवगठित समितिलाई शुभकामना दिँदै भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलले जलविद्युत क्षेत्रमा रहेका सम्भावना, समस्या र चुनौतीका बारेमा अब थप सशक्तरुपमा आवाज बुलन्द हुने विस्वास व्यक्त गर्नुभयो । संस्थालाई अगाडि बढाउन कम्पनीको तर्फबाट प्रारम्भिक रुपमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

    उक्त कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका २ भराभरीमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना बनाइरेहेको छ ।

    कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष भीम गौतमले जलविद्युतलाई बिट बनाएर रिपोर्टिङ गर्न गठित समाजको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    माछापुच्छ्रे घोषणापत्र जारी

    यसैबीच, माछापुच्छ्रे गाउँपालिका –२, सार्दीखोलामा निर्माणाधीन सेती नदी जलविद्युत परियोजना (२५ मेगावाट)को अग्रसरतामा ०७७ कात्तिक १६ गते नेपालभरका पत्रकारलाई प्रतिनिधिमूलक रुपमा स्थलगत अवलोकनसहित जलविद्युत पत्रकारिता अभिमूखीकरण कार्यक्रम भएको छ ।

    उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले यही अवसरलाई राष्ट्रिय भेलाको रुपमा रुपान्तरण गरी जलविद्युत पत्रकार समाजको तदर्थ समिति गठन गरिएको हो ।

    समाज गठनसँगै भेलाले जलविद्युत र पत्रकारिताका विषयलाई समेटर माछापुच्छ्रे घोषणापत्र जारी गरेको छ ।

    नेपालमा जलविद्युत उत्पादन सुरु भएको एक सय वर्ष नाघिसके पनि यस क्षेत्रको विकास हुन सकेको छैन । जलविद्युत पत्रकारिता त झन् प्राथमिकतामा पर्न सकेको छैन ।

    यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेटेर जलविद्युत पत्रकार समाज गठन गरिएको सहभागीहरुले बताएका छन् ।

    जलविद्युत पत्रकारितालाई बिटका रुपमा विकास गर्दै पत्रकारको क्षमता अभिवृद्धिमा समाज सशक्त रुपमा क्रियाशील रहने घोषणात्रमा जनाइएको छ । घोषणापत्रमा भनिएको छ, ‘समाजले पत्रकारिताको क्षेत्रबाट जलविद्युतको विकास र प्रवद्र्धनमा सहयोग गर्नेछ ।’

    जलविद्युत क्षेत्रका सम्भावना, चुनौतीका बारेमा विश्लेषणात्मक सामग्री प्रकाशन-प्रशारण गर्दै जलविद्युत सम्बन्धी नीति नियमका बारेमा वकालत गर्नेछ महासचिव निरौलाले बताउनुभयो ।

    जलविद्युतमा प्रशस्तै सम्भावना रहे पनि धेरै आयोजनाहरु अहिले राजनीति प्रभावले थलिएको भन्दै भेलाले संघीयता कार्यान्वयनसँगै जलविद्युतका नीति नियममा थप अन्योल भएकाले ३ तहकै सरकारको समन्वयमा तत्काल जलविद्युत नीति निर्माण गर्न भेलाले माग गरेको छ ।
    भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सहयोगमा कास्कीको माछापुच्छ्रेमा जलविद्युत पत्रकारिता अभिमुखीकरण भएको छ । कार्यक्रममा मुलुकभरका ३० पत्रकारको सहभागिता थियो ।

    सेजनका अध्यक्ष गौतमले नेपालमा जलविद्युतको विकासक्रम, जलविद्युत पत्रकारितामा ध्यान दिनुपर्ने विषयका साथै यसमा प्रयोग हुने प्राविधिक शब्दावलीका बारेमा प्रकाश पार्नुभएको थियो ।

     


    सोमवार, कार्तिक १७ २०७७०६:३६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij