Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

इन्जिनियरिङका विद्यार्थीको पक्षमा पाँच क्याम्पसको नेविसंघ आन्दोलित

इन्जिनियरिङका विद्यार्थीको पक्षमा पाँच क्याम्पसको नेविसंघ आन्दोलित

  • आइतवार, आषाढ ९ २०८१

  • 522
    SHARES

  • इन्जिनियरिङका विद्यार्थीको पक्षमा पाँच क्याम्पसको नेविसंघ आन्दोलित

    काठमाडौं । काठमाडौँ उपत्यकाका पाँच क्याम्पसका नेविसंघ इकाई समितिहरुले पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परिक्षामा सामेल हुने वातावरण बनाउन माग गरेका छन् ।

    युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एन। सि।आई।टि। कलेजका सभापति टिकेश भट्ट, ऐभरेष्ट कलेजका सभापति प्रजित अधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएर सरोकारवालाहरुको ध्यानकर्षण गराएका हुन।

    उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल, पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयलगायतका सरोकारवालको ध्यानाकर्षण गराएको एन। सि।आई।टि। कलेजका नेविसंघ सभापति टिकेश भट्टले जानकारी दिनुभयो ।

    नयाँ ईन्जिनियरिङ्ग लाईसेन्स परिक्षाको फर्म यहि असार ०७ गते सम्म मात्रै तोकिएको, तर देशकै दोस्रो ठुलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा हालै मात्रै प्रकाशित भएकाले फर्म भर्ने समय बढाउनु पर्ने उनीहरुको माग छ ।

    आफूहरुको आग्रहलाई वेवास्ता गरिए नेपाल विद्यार्थी संघले नेपाल ईन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालय विरुद्द कडा सर्घषका कार्यक्रम गर्न वाध्य उनीहरुले चेतावनी दिएका छन् ।

    उनीहरुले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई समेत भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिल ईन्जिनियरिङ लाइसेन्स परिक्षामा सहभागी हुने बाताबरण मिलाउन पहल गरिदिन पनि आग्रह गरेका छन ।

    नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापरवाहीका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको भविश्य अन्योलमा पर्ने अवस्था आएको र यसको मुख्य कारक पोखरा विश्वविद्यालयका परिक्षा नियन्त्रक भएको उनीहको आरोप छ ।

    विद्यार्थीहरुको नतिजा प्रकाशित भएपछी परिक्षा नियन्त्रकले आफ्नो कर्तव्यवाट भागी आफू खुशी विदामा बसि विद्यार्थीको भविश्य अन्योलमा परेको विद्यार्थी नेता भट्टको भनाई छ ।


    आइतवार, आषाढ ९ २०८१०९:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij