Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा खोलामा माछा मार्न गएका शिक्षकको मृत्यु

जाजरकोटमा खोलामा माछा मार्न गएका शिक्षकको मृत्यु

  • आइतवार, आषाढ ९ २०८१

  • 586
    SHARES

  • जाजरकोटमा खोलामा माछा मार्न गएका शिक्षकको मृत्यु

    काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–१, तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ ।

    शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो ।

    मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थयो ।

    यस्तै बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।


    आइतवार, आषाढ ९ २०८१०७:५६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij