Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

संसद्कै झल्को दिएको अध्यक्ष श्रेष्ठको प्रतिक्रिया
  • शनिवार, आषाढ ८ २०८१

  • 398
    SHARES

  • अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
    काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आउँदो वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । देशभरिका स्थानीय तहमा आगामी आर्थिक वर्ष  २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुन सुरु भएसँगै छत्रदेव गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार  गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको  हो । 
     
    छत्रदेव गाउँपालिकाको १८औं  अधिवेशनबाट गाउँपालिका अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाको विकास सुशासन  र समृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। 
     
    गाउँपालिका भित्र रहेका असहाय गरिब दुखी र बिरामीलाई विशेष सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउने र नागरिकका समस्या समाधानका लागि यो नीति तथा कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । 
     
    आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद्कै झल्को दिने गरी पालिका भित्रका सबै वडा टोलका स्थानीयवासीलाई समेटेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।


    शनिवार, आषाढ ८ २०८१०३:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij