काठमाडौं। नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३मा चाइल्ड कमेडियन सुयशा खनाल फाइनल प्रवेश गरेकी छिन्।
नेपालको कमेडियन इतिहासमै कान्छी स्टाण्ड अप कमेडियनको दर्जामा आफूलाई उभ्याउन सफल खनाल कमेडी च्याम्पियनको इतिहासमा समेत फाइनल पुग्ने पहिलो महिला प्रतिष्पर्धी बनेकी छिन्।
नवलपरासी वर्दघाट सुस्तापूर्व (नवलपुर)की १२ वर्षीय खनाल सुरुवात चरणदेखी नै एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर दर्शकहरुको मन जित्दै आएकी खनाल दुई पटकसम्म पफर्मर अफ दी राउण्ड भएर बनेर फाइनल पुगेकी हुन्। खनालसँगै सुनिल खड्का, ऋषभ काफ्ले पनि फाइनल पुगेका छन्। खड्का काठमाडौं, काफ्ले सुनसरीका हुन् ।
खनालले हरेकपटक फरकफरक र नयाँनयाँ प्रस्तुति दिँदै दर्शकहरुको मन जित्न सफल खनालले अन्य प्रतिष्पर्धीहरु सामु अब्बल साबित गरिसकेकी छन्।
फाइनल प्रवेश गरेसँगै खनालले अव जतिसक्दो धेरै भोट गरेर कमेडी च्याम्पियन सिजन ३ को विजेता बनाउन स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपिल गरेकी छिन्। खनाललाई खल्ती एप्समा कमेडि च्याम्पियन सुयशा खनाल भोटिङ कोड ३३० मा गई भोट गर्न सकिने छ ।