Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

  • शुक्रवार, आषाढ ७ २०८१

  • 621
    SHARES

  • मेलम्ची खानेपानी आजदेखि बन्द हुने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिने भएको छ । योसँगै आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् ।

    ​बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतरा बढेको छ ।

    मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरू गर्ने गरी तयारी गरिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताउनुभयो ।​​

    मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उहाँको भनाइ छ ।​​

    मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरू भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।


    शुक्रवार, आषाढ ७ २०८१०७:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij