काठमाडौं। अविरल वर्षापछी खसेको पहिरोका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ।सडकखण्डअन्तर्गत बेँसीसहर ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार सोही बाटोमा पर्ने अक्टोपस झरनामा पनि पानी बढेपछि आवागमन रोकिएको छ।