Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पशुपतिनाथको भेटी चोरी प्रकरणः पाँच जनालाई थुनामा र एकजनालाई धरौटीमा रिहा

पशुपतिनाथको भेटी चोरी प्रकरणः पाँच जनालाई थुनामा र एकजनालाई धरौटीमा रिहा

  • बिहिवार, आषाढ ६ २०८१

  • 625
    SHARES

  • पशुपतिनाथको भेटी चोरी प्रकरणः पाँच जनालाई थुनामा र एकजनालाई धरौटीमा रिहा

    काठमाडौं। पशुपतिनाथ मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँचजनालाई थुनामा पठाउने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले एकजनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न र पाँचजनालाई थुनामा पठाउने आदेश दिएको हो। अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा रहेका ५१ वर्षीय नवराज ढोडारी, ब्राह्मण पदमा कार्यरत काठमाडौं–६ बस्ने ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

    कागेश्वरी मनोहरा–८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा–९ बस्ने ३५ वर्षका कुमार दमाई परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन्।

    यस्तै काठमाडौं–८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका–चोरी मुद्दा दर्ता गरिएको छ।


    बिहिवार, आषाढ ६ २०८१०७:०८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij