Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आजको मौसम : पूर्वी क्षेत्रमा भारी वर्षा, सचेत रहन आग्रह

आजको मौसम : पूर्वी क्षेत्रमा भारी वर्षा, सचेत रहन आग्रह

  • बिहिवार, आषाढ ६ २०८१

  • 1.5K
    SHARES

  • आजको मौसम : पूर्वी क्षेत्रमा भारी वर्षा, सचेत रहन आग्रह

    काठमाडौं। आज पनि देशभरको मौसममा बदली आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालका केही जिल्लामा गएरातिदेखि भारीदेखि हल्का वर्षा भइरहेको छ।

    सिरहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा वर्षा भएको छ। ती क्षेत्रमा थप वर्षा हुन सक्ने भएकोले स–साना खोलाहरूमा समेत आकस्मिक बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले सुझाएको छ।

    रौतहटको गरुडा र सर्लाहीको मनुसमारा वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भएर बहने झनझा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ।

    गत साता पूर्वमा भित्रिएको मनसुन देशभर फैलिने क्रममा छ। काठमाडौं उपत्यकामा पनि गए रातिदेखि नै वर्षा भइरहेको छ।


    बिहिवार, आषाढ ६ २०८१०६:३६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij