काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज झिनो अंकको सुधार आएको छ। नेप्सेका अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा बन्द भएको छ ।कारोबार रकम भने घटेको छ।
आज तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ। हिजो चार अर्बभन्दा बढीको धितोपत्र खरिद बिक्री भएको थियो। नेप्सेका अनुसार आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ। १०४ कम्पनीको सेयर मूल्य घटेको छ।
सर्वाधिक सेयर मूल्य बढ्नेमा नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी छ। यी तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।