Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेपाली सेनाका कर्णेल मल्लमाथि कारबाही

नेपाली सेनाका कर्णेल मल्लमाथि कारबाही

  • बुधवार, आषाढ ५ २०८१

  • 1.1K
    SHARES

  • नेपाली सेनाका कर्णेल मल्लमाथि कारबाही

    काठमाडौं। नेपाली सेनाका महासेनानी (कर्णेल)दिरेन्द्रकुमार मल्ल कारबाहीमा परेका छन्। सैनिक अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय गरेको हो।

    उनको नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखीएपछी अनुसन्धान गर्दा उनी दोषी ठहर भएका कारण सैनिक अदालतले कारबाही गरेको हो।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए।

    मल्लको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि न्युयोर्कबाट फिर्ता बोलाइएको थियो। काठमाडौं आएलगत्तै मल्ललाई गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो। उनको चार महिनाअघि मात्र न्यूयोर्कमा पोष्टिङ भएको थियो।


    बुधवार, आषाढ ५ २०८१०६:३९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij