Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

निर्धन उत्थान तथा सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरद्वारा शिविर सम्पन्न, संस्थापक अध्यक्ष पन्तले भने, ‘स्वास्थ्यको ख्याल गरौँ’

निर्धन उत्थान तथा सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरद्वारा शिविर सम्पन्न, संस्थापक अध्यक्ष पन्तले भने, ‘स्वास्थ्यको ख्याल गरौँ’

  • मंगलवार, आषाढ ४ २०८१

  • 871
    SHARES

  • निर्धन उत्थान तथा सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरद्वारा शिविर सम्पन्न, संस्थापक अध्यक्ष पन्तले भने, ‘स्वास्थ्यको ख्याल गरौँ’

    काठमाडौं । निर्धन उत्थान तथा सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरले बाँकेको झन्डहवामा पाठेघर मुखको क्यान्सर तथा स्त्री रोग एवं साधारण स्वास्थ्य जाँच निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    संस्थाका संस्थापक एवं उपाध्यक्ष जनार्दनदेव पन्तको सभापतित्वमा औपचारिक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन भएको थियो । तराईका विभिन्न स्थानमा बसोबास गर्ने महिलाहरुको पाठेघरको समस्यालाई समयमै पत्ता लगाई निराकरण गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो ।

    शिविर सञ्चालन पूर्वको औपचारिक कार्यक्रममा बोल्दै पन्तले रोग लाग्नुभन्दा लाग्न नदिनका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य जाँचमा जहिले पनि चनाखो बन्नुपर्ने उहाँको धारणा थियो । स्वास्थ्यका कारण धेरै नागरिकहरु गरिबीको दुष्चक्रमा फसेको बताउँदै उहाँले समयमै स्वास्थ्यको ख्याल गर्नुपर्ने कुरामा जोड दिनुभयो । स्वास्थ्य खराबीको केही लक्षण देखिए जाँच गराईहाल्नु पर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘स्वास्थ्य जाँच नै महत्वपूर्ण कुरा हो, केही सामान्य समस्या आउँदा पनि जाँच गराउनुपर्छ, एकै पटक ठूलो रोग लागेमा ऋणको भार थपिनेदेखि रोग निको नहुनेसम्म हुन्छ, न ज्यान रहने न सम्पत्ति । यस्तो अवस्थाबाट बच्न सबैले स्वास्थ्यको ख्याल राखौँ ।’

     


    मंगलवार, आषाढ ४ २०८१०२:४६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij