Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

घर–घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइँदै

घर–घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइँदै

  • मंगलवार, आषाढ ४ २०८१

  • 1.7K
    SHARES

  • घर–घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइँदै

    काठमाडौं। आज निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखिँदै छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बीउ राख्ने गरिन्छ ।

    वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ।

    यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

    निर्जला एकादशीसमेत भनिने भएकाले यसदिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो।

    आज देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।


    मंगलवार, आषाढ ४ २०८१०७:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij