Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम ट्यांकर चालक संघले फिर्ता लियो आन्दोलन, (सहमति पत्रसहित)

पेट्रोलियम ट्यांकर चालक संघले फिर्ता लियो आन्दोलन, (सहमति पत्रसहित)

  • सोमवार, आषाढ ३ २०८१

  • 427
    SHARES

  • पेट्रोलियम ट्यांकर चालक संघले फिर्ता लियो आन्दोलन, (सहमति पत्रसहित)

    काठमाडौं। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिन सहमत भएको छ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।

    वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ। उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ।

    निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो।

    यद्यपि सहमतिको ड्राफ्ट भने तयार भइरहेको वार्तामा रहेका नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघले जनाएको छ। चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए।

    यस्तो छ सहमतीः

    1.png

     


    सोमवार, आषाढ ३ २०८१०४:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij