Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो

पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो

  • सोमवार, आषाढ ३ २०८१

  • 644
    SHARES

  • पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
    काठमाडौं । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । गएराति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो ।
     
    इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो । सडक सञ्चालन भएपश्चात् सवारी साधन गन्तव्यमा लागेका छन् । तर,  राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।
     


    सोमवार, आषाढ ३ २०८११०:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij