Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

युवा व्यवसायी पोखरेललाई जर्मनीको विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधी

युवा व्यवसायी पोखरेललाई जर्मनीको विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधी

  • आइतवार, आषाढ २ २०८१

  • 2.1K
    SHARES

  • युवा व्यवसायी पोखरेललाई जर्मनीको विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधी

    काठमाडौँ । युवा व्यवसायी जगत पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।

    जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेस्नल युनिभर्सिटीले उहाँलाई व्यवसायीक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रुपमा मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

    लामो समयदेखि व्यवसायीक र सामाजिक क्षेत्रबाट अतुलनीय योगदान गरेको र व्यवसायीक तथा सामाजिक क्षेत्रमा अमुल्य अनुभव हासिल गर्दै सफलता प्राप्त गरेकोले उहाँलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको युनिभर्सिटीले जनाएको छ ।

    नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष पोखरेल दर्जनौ सामाजिक संघ संस्था मार्फत तीन दशकदेखि सामाजिक सेवामा क्रियाशिल हुनुुहुन्छ ।

    व्यवसायीक क्षेत्रमा उहाँ लघुवित्त महासंघ नेपाल, ट्रष्ट माइक्रो इन्स्योरेन्स, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक र वहालवाला अध्यक्ष हुनुहुन्छ भने आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ लुम्बिनी मेडिकल कलेजको पनि संस्थापक हुनुहुन्छ ।

    सफल र सक्रिय युवा व्यवसायी पोखरेलले अहिले धेरै जनाको सानो सानो रकम संकलन गरी ठूला परियोजना सञ्चालन गर्ने उद्धेश्यका साथ क्राउड फन्डीङ्ग कम्पनी स्थापना गर्ने गृहकार्य तिव्र रुपमा गरिरहनु भएको छ ।


    आइतवार, आषाढ २ २०८१०८:१९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij