Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कमेडी च्याम्पियनमा सुयशासँगै यी ४ जना पुगे सेमिफाइनल, को–को पुग्लान् फाइनलमा ?

कमेडी च्याम्पियनमा सुयशासँगै यी ४ जना पुगे सेमिफाइनल, को–को पुग्लान् फाइनलमा ?

  • शुक्रवार, जेठ ३२ २०८१

  • 1.4K
    SHARES

  • कमेडी च्याम्पियनमा सुयशासँगै यी ४ जना पुगे सेमिफाइनल, को–को पुग्लान् फाइनलमा ?

    काठमाडौं। नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३मा चाइल्ड कमेडियन सुयशा खनालसँगै ४जना कमेडियन सेमिफाइनल प्रवेश गरेका छन्। खनालसँगै सुनिल खड्का, ऋषभ काफ्ले र विरेन प्रधान टप ४ मा पुगेका हुन्।

    सुरुवात चरणदेखी नै एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर दर्शकहरुको मन जित्न सफल खनाल नवलपरासी वर्दघाट सुस्तापूर्व (नवलपुर)की हुन् भने खड्का काठमाडौं, काफ्ले सुनसरी र प्रधान सिक्किमका हुन्।

    नेपालको कमेडियन इतिहासमै कान्छी स्टाण्ड अप कमेडियनको दर्जामा आफूलाई उभ्याउन सफल खनालले कमेडी च्याम्पियनको इतिहासमा समेत सेमिफाइनल पुग्ने पहिले महिला प्रतिष्पर्धीसमेत हुन्।

    खनालले दुई पटकसम्म पफर्मर अफ दी राउण्ड भएर आफूलाई कमेडिमा अब्बल साबित गरिसकेकी छन्। उनका हरेक प्रस्तुति दर्शकले असाध्यै रुचाएका छन्। जसकारण उनि सेमिफाइनल अर्थात टप ४ मा पुग्न सफल भएकी हुन्।

    सेमिफाइनल प्रवेश गरेसँगै चारैजना प्रतिष्पर्धीले अव आँफूहरुलाई सक्दो भोट गरेर कमेडी च्याम्पियन सिजन ३ को फाइनल हुँदै विजेता बनाउन स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपिल गरेका छन्।

     


    शुक्रवार, जेठ ३२ २०८१०५:३३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij