काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले मधेश प्रदेश र कोशी प्रदेशमा पनि संगठन विस्तार गरेको छ। प्रतिष्ठानको संगठन विस्तार विभागको आयोजनामा गत जेठ ३० गते मधेश प्रदेश र ३१ गते कोशी प्रदेशमा तदर्थ समिती गठन गरिएको हो।
प्रतिष्ठानका सांगठनिक उपाध्यक्ष एवं संगठन विस्तार विभाग प्रमुख सुवाश केसीका अनुसार मधेशमा रुद्रसेन विश्वकर्माको संयोजकत्वमा १३ सदस्यीय र कोशीमा रोम घिमिरेको सम्योजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
जसअनुसार मधेशमा संयोजक विश्वकर्मा, सहसंयोजकमा सुनिता बराल, सदस्य सचिवमा विनोद ढुँगेल, आर्थिक संयोजकमा, राधा गौतम, सदस्यहरु रुबी कु. झा, सरोज कु. सन्त, शर्मिला रमौली, दिपक शर्मा, तेज नारायण शर्मा, सारथी लामा, निर कु. बि.क., अरुणा चौधरी, राधा शर्मा, सरोज सन्त रहनु भएको छ।
यस्तै कोशीमा घिमिरेको सम्योजकत्वमा, सहसंयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा मेघराज कार्की,रुद्र श्रेष्ठ, मिलन दुलाल कमलीकान्त भेट्वाल, दिपेश बन, रत्न प्रसाद आचार्य, मिरा गिरी,उत्सब बाराल, तोया भट्टराई, निश्चल आचार्य, भोलामान गुरुङ, रबी किरण मादेन, सकुन्तोला कार्की, गरी १७ सदस्य तदर्थ समिती गठन गरिएको हो।
प्रतिष्ठानले लोक सँस्कृतीको जगेर्ना गर्दै लोक दाहोरी गीतको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यसहित प्रतिष्ठानले देश तथा विदेशका विभिन्न स्थानमा संगठन विस्तारको योजना अघि बढाएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिनुभयो।