काठमाडौं । नेपालगन्जबाट काठमाडौं आउदै गरे बस र कार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ बजार नजिकै ठोक्किँदा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको रात्री बस कारसँग ठोकिएपछि त्रिशूली नदी किनारमा खसेको हो ।
काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएपछि बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य रहेको छ ।
गम्भीर घाइते भएका कारमा सवार सबैको उपचार चितवनका विभिन्न अस्पतालमा भइरहेको े गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।