Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङमा पहिरोमा परी चारजनाको मृत्यु

ताप्लेजुङमा पहिरोमा परी चारजनाको मृत्यु

  • शुक्रवार, जेठ ३२ २०८१

  • 568
    SHARES

  • ताप्लेजुङमा पहिरोमा परी चारजनाको मृत्यु

    काठमाडौं । ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको हो ।

    पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिनुभयो ।

    गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


    शुक्रवार, जेठ ३२ २०८१०७:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij