काठमाडौं। सेयर बजारमा आज ९.३२ अंकको गिरावट आएको छ। बजार उकालो लाग्न थालेको तेस्रो दिन घटेको बजार परिसूचक २११२.२९को विन्दुमा आइपुगेको छ।
आज ३१३ कम्पनीका ७७ हजार ४ सय पटकको कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ०८ पैसाको कारोबार भएको छ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४८ अंकले घटेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स ०.११ अंकले घटेको छ। त्यस्तै, आज १३ उपसमूहमध्ये ११ वटा घटेको छ भने २ वटा मात्र बढेको छ।
जसमा विकास बैंक र फाइनान्स कम्पनी क्रमशः ५३ दशमलव ७५, ४५ दशमलव ४७ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी र निमार्ण कम्पनीहरूको परिसूचक आज सर्वाधिक घटेको छ।
आज नेपाल फाइनान्स कम्पनीले २८ करोड ४७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँको कारोबार गरेको छ, जुन सर्वाधिक कारोबार रकम हो।