Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङमा भिषण वर्षापछी पहिरोसँगै आएको बाढीले तमोर नदी नै थुनियो

ताप्लेजुङमा भिषण वर्षापछी पहिरोसँगै आएको बाढीले तमोर नदी नै थुनियो

  • बिहिवार, जेठ ३१ २०८१

  • 573
    SHARES

  • ताप्लेजुङमा भिषण वर्षापछी पहिरोसँगै आएको बाढीले तमोर नदी नै थुनियो

    काठमाडौं। ताप्लेजुङको सिङ्सवा खोलामा बाढी आएपछी तमोर नदी नै थुनिएको छ। फक्ताङ्लुङ गाउँपालिकास्थित सिङ्सवा खोलामा पहिरोसहित आएको बाढीले तमोर नदी थुनिएको हो।

    गएराती रातभरको परेको वर्षापछी आज बिहान आएको बाढीले तापेथोक बगरस्थित तमोर नदी थुनेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो। अध्यक्ष लिम्बूका अनुसार तमोर नदी थुनिएपछि विशाल ताल बनेको छ ।

    सिङ्सावा खोलामा आएको पहिरोसहितको बाढीले थुनेर तमोर नदीमा बनेको ताल क्रमशः खोलिन सुरु गरेको लिम्बूले बताउनुभयो। बाढीले किसानले लगाएको अलैँची बाली, खेतीयोग्य जमिन तथा रुख, बोट बिरुवा बगाएर क्षति गरेको छ ।

    यता गाउँपालिका अध्यक्ष लिम्बूले विज्ञप्ति जारी गर्दै तमोरमा पानीको बहाव बढ्नुका साथै गाउँका ठाडो खोला तथा खोल्साहरूमा बाढीपहिरो जान थालेपछि स्थानीय नागरिकलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

    ताप्लेजुङमा बितेको २४ घण्टामा १६.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका नायव विज्ञान सहायक सुयोग भट्टराईले जानकारी दिनुभयो ।


    बिहिवार, जेठ ३१ २०८१०२:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij