Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

संखुवासभाको खाँदबारीमा पहिरोले तीन घर बगायो

संखुवासभाको खाँदबारीमा पहिरोले तीन घर बगायो

  • बिहिवार, जेठ ३१ २०८१

  • 1.5K
    SHARES

  • संखुवासभाको खाँदबारीमा पहिरोले तीन घर बगायो

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

    पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । उहाँका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

    खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिनुभयो । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ ।

    जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो।

     


    बिहिवार, जेठ ३१ २०८१०२:०९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij