Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

  • बिहिवार, जेठ ३१ २०८१

  • 321
    SHARES

  • पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

    काठमाडौं । पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्किँदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना भएको हो ।

    लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

    घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गएराति ९ बजे आफूहरूलाई घटनाको खबर आएपछि उद्धारमा खटिएको डीएसपी पण्डितले बताउनुभयो ।

    जीप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको हो। जीपमा सवार घुम्न पाल्पा र रूपन्देहीको नुवाकोटगढी गएका थिए।

     


    बिहिवार, जेठ ३१ २०८१०८:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij