काठमाडौं । तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
तराईका केहि स्थानमा अधिकतम तापक्रम ४३ देखि ४४ डिग्री सेल्सियस पुगेको छ । काठमाडौं उपत्यकामा पनि गर्मी धेरै महसुस गरिएको छ । बिहानैदेखि घाम लागेको छ ।
गर्मी अत्यधिक बढेपछि बाहिर निस्किन नसकिने र काममा समेत प्रभाव परिहरेको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित बनेका छन् ।