Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियालीः यस्तो छ कारोबार..

सेयर बजारमा हरियालीः यस्तो छ कारोबार..

  • बुधवार, जेठ ३० २०८१

  • 731
    SHARES

  • सेयर बजारमा हरियालीः यस्तो छ कारोबार..

    काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज पनि हरियाली छाएको छ। आज नेप्से सुचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ।

    हिजोको तुलनामा आज ०.३० प्रतिशतले वृद्धि भएको नेप्सेमा आज पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिजो पाँच अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको थियो।

    यसदिन ११९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

    समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ। साधना लघुवित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

    कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक वृद्धि भएको छ। परिसूचक घट्नेमा होटेल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा र व्यापार समूह छन्।

    सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.०७ प्रतिशतले वृद्धि भएको छ।

     


    बुधवार, जेठ ३० २०८१०४:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij