Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा प्रशिक्षण शुरु

पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा प्रशिक्षण शुरु

  • बुधवार, जेठ ३० २०८१

  • 479
    SHARES

  • पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा प्रशिक्षण शुरु
    काठमाडौं । नेपालका पर्यटन व्यवसायीका लागि सञ्चालित छैठौं चरणको चिनियाँ भाषा प्रशिक्षण काठमाडौंमा सुरु भएको छ । 
     
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले मंगलबार प्रशिक्षण उद्घाटन गर्नुभयो । 
     
    नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गर्ने कक्षा ६ महिनासम्म चल्नेछ ।
     
    कक्षा उद्घाटन कार्यक्रममा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध महाशक्ति चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको भन्दै चिनियाँ भाषा अप्ठेरो रहे पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको बताउनुभयो । 
     
    कार्यक्रममा राजदूत छन् सोङले नेपालीहरूले चिनियाँ भाषा तुलनात्मक रूपमा चाडै सिक्ने र लवज प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउँदै चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार रहेको बताउनुभयो ।
     
    धेरै व्यापारीहरू र लगानीकर्ताहरू नेपाल आउने तयारीमा रहेको जानकारी दिँदै राजदूत सोङले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरूको पहिलो आवश्यकता रहेको धारणा राख्नुभयो । 
     
    बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंह ऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
     
    उहाँले राजदूतमार्फत चिनियाँ सरकारलाई पोखरा र भैरहवा एयरपोर्ट संचालनमा सहयोग गर्न तथा नेपाल चीनका थप नाका खुल्ला गर्न अनुरोध गर्नुभयो । 
     
    परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले यसअघि तालिम पाइसकेका २ सयजना प्रशिक्षार्थीहरू नेपालको विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेको जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषाको कक्षा सञ्चालनको लागि ठूलो माग रहेको बताउनुभयो । यो भाषा कक्षा छैठौं संस्करण हो ।
     


    बुधवार, जेठ ३० २०८१०२:०४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij