Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी क्षेत्रमा हुनेछ वर्षा...

आजको मौसमः यी क्षेत्रमा हुनेछ वर्षा...

  • सोमवार, जेठ २८ २०८१

  • 1.3K
    SHARES

  • आजको मौसमः यी क्षेत्रमा हुनेछ वर्षा...

    काठमाडौं। आजको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

    हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

    त्यस्तै आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    सोमवार, जेठ २८ २०८१०७:२१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij