Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सहकारीको रकम अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान

सहकारीको रकम अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान

  • आइतवार, जेठ २७ २०८१

  • 831
    SHARES

  • सहकारीको रकम अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान

    काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन्।

    काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो। 

    कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप सीबीमाथि लागेको थियो।

    सीबीलाई १८ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो। काभ्रे तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए।

    २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए। सहकारीको रकम अपचलन गरी व्यक्तिगत घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ।

    काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर क्रेडिट एन्ड कोअपरेटिभले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो।

    कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पुँजी करिब ४० करोड छ।


    आइतवार, जेठ २७ २०८१०३:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij