Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशैभरका अस्पतालमा सेवा शुल्क तोकौंः तोसिमा कार्की

देशैभरका अस्पतालमा सेवा शुल्क तोकौंः तोसिमा कार्की

  • मंगलवार, जेठ २२ २०८१

  • 684
    SHARES

  • देशैभरका अस्पतालमा सेवा शुल्क तोकौंः तोसिमा कार्की

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

    आज प्रतिनिधि सभा बैठकमा जारी बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपाका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रका अस्पतालमा सेवा शुल्क तोक्न र स्वास्थ्यकर्मीको दरबन्दी थप्ने तथा त्यसको व्यवस्थापन गर्ने काममा ढिलाइ गर्न नहुने बताउनु भएको हो।

    उहाँले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराउनुभयो ।

    सांसद कार्कीले भन्नुभयो,‘‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दाखेरी ८६ अर्व २४ करोड बजेट राखिएको छ । जुन गत वर्षको भन्दा दुई अर्ब २५ करोड बढेको हो । तर कुल बजेटको प्रतिशत हेर्दाखेरी ४.६४ प्रतिशत मात्र छ । कोभिडको समयमा ८.६ प्रतिश पुगेको थियो । जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो । त्यो पनि अपर्याप्त छ ।’’

    कार्कीले भन्नुभयो,‘‘विश्व स्वास्थ्य सङ्गठनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ। जुन हामीले पटक पटक भन्दै आएका छौं। तर त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन । स्वास्थ्य क्षेत्रका सबै लथालिङ्ग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ । सरकारले स्वास्थ्य विमालाई आम नागरिकको पहुँचमा कसरी पु¥याउने ? ७/८ वर्षमा किन २६ प्रतिशत मात्रै पहुँच पुगेको छ ? यसमा पुनर्विचार गर्नु पर्छ ।’’

    सांसद कार्कीले आईटी पार्क बनाउने कुरा असफल भईसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

     


    मंगलवार, जेठ २२ २०८१०४:०५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij