Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उदयपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

उदयपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

  • मंगलवार, जेठ २२ २०८१

  • 337
    SHARES

  • उदयपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

    काठमाडौं। उदयपुरमा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ। गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर त्रियुगा नगरपालिका–१ फुलजोरमा एकआपसमा जुझ्दा दुईजनाको ज्यान गएको हो।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भएका ३०वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको ज्यान गएको छ।

    प्रहरीले घटनास्थलबाट प्र. १–०२–००१ ख ८५१४ टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

     


    मंगलवार, जेठ २२ २०८१०१:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij