काठमाडौं। सरकारले इजाजत पत्र भएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ।
तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ। केही समय अगाडी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारको यात्रा अनुमति बारेमा गृह मन्त्रालयले छानबिन गरेको थियो।
सोही क्रममा प्रसाईंलाई हतियार दिने निर्णय र अनुमति पत्रमा फरक विवरण भेटिएको छ। सर्वोच्च अदालत परिसरबाट प्रसाईंको हतियार बरामद गरेपछि मन्त्रिपरिषद्ले इजाजत प्राप्त हतियार बोक्न थप कडाइ गरेको हो ।