Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ,८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ,८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप

  • शुक्रवार, जेठ १८ २०८१

  • 993
    SHARES

  • कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ,८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप

    काठमाडौं। कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ। उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँसहित सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ ।

    सहकारीबाट ठुलो रकम हिनामिना गरेको उनिविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लामालाई चितवनको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

    कार्यालयका प्रमुख एवम् एसएसपी सानुराम भट्टराईका अनुसार लामालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको छ। लामाविरुद्ध सहकारीको अर्बौँ बचत हिनामिना आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो ।

    जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो। सुप्रिम र स्वर्णिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई जस्तै लामा पनि सहकारीको ठूलो रकम हिनामिनाका प्रमुख आरोपी हुन् ।


    शुक्रवार, जेठ १८ २०८१०३:४३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij