Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसकी सहमहामन्त्री निमा गिरीलाई मात्रृशोक

कांग्रेसकी सहमहामन्त्री निमा गिरीलाई मात्रृशोक

  • शुक्रवार, जेठ १८ २०८१

  • 593
    SHARES

  • कांग्रेसकी सहमहामन्त्री निमा गिरीलाई मात्रृशोक

    दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिकी सह महामन्त्री तथा लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसकी सचेतक निमा गिरीलाई मातृशोक परेको छ।

    उहाँकी माता नेत्राकुमारी गिरीको प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ७ स्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको हो।

    स्वर्गीय गिरी लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्थ्यो भने उहाँका श्रीमान स्वर्गीय लोकु गिरी प्युठानको राजनीतिक अगुवा हुनुहुन्थ्यो।

    स्वर्गीय गिरीकी छोराछोरीका रूपमा निमा गिरीसँगै गोपाल गिरी, कमल गिरी, मिना गिरी, सरस्वती गिरी, शान्ता गिरी, सुमित्रा गिरी र निलम गिरी हुनुहुन्छ ।

    उहाँको निधनप्रति नेपाली कांग्रेसको प्रदेश समिति, प्रदेश संसदीय दल, विभिन्न नेता र कार्यकर्ताका साथै शुभेच्छुक र इष्टमित्रहरूले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

    उहाँहरुले ममतामयी माता गिरीको निधनबाट आफूहरू स्तब्ध भएको उल्लेख गर्दै शोकाकुल परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ।


    शुक्रवार, जेठ १८ २०८११०:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij