Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

अत्यधिक गर्मीका कारण तराई मधेशको जनजीवज प्रभावित

अत्यधिक गर्मीका कारण तराई मधेशको जनजीवज प्रभावित

  • शुक्रवार, जेठ १८ २०८१

  • 346
    SHARES

  • अत्यधिक गर्मीका कारण तराई मधेशको जनजीवज प्रभावित


    काठमाडौं । तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित बनेको छ । अझैं केहि दिन गर्मी यस्तै रहने मौसमविदले बताएका छन् । 

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमाको तापक्रम आज ४४ डिग्रीभन्दा माथि पुगेको छ ।

    सबैभन्दा धेरै गर्मी लुम्बिनीमा हुने मौसमविद्को भनाइ छ । काठमाठौं उपत्यकामा पनि गर्मी धेरै महसुस गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ ।

    त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।


    शुक्रवार, जेठ १८ २०८१०८:१७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij