Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दाङमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु

दाङमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु

  • शुक्रवार, जेठ १८ २०८१

  • 477
    SHARES

  • दाङमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु

    काठमाडौं । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दाङमा दुईजनाको मृत्यु भएको छ । यस्तै एकजना गम्भीर घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

    दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

    उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

     


    शुक्रवार, जेठ १८ २०८१०८:०८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij