Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने

सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.9K
    SHARES

  • सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

    हिजोदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा लिस्ट टाँसेको महाशाखाले जनाएको छ भने आज पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको छ ।

    सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताउनुभयो ।

    उहाँले सवारीसाधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिनुभयो ।


    शनिवार, कार्तिक १५ २०७७०२:३७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij